आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महेन्द्र सिंह धोनी भारतीय टोलीमा परेनन्

  • प्रकाशित मिति : शनिबार, कार्तिक १०, २०७५



  • भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेंद्र सिंह धोनी पछिल्लो १२ वर्षमा पहिलो पटक टी-२० टीममा परेनन्।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुक्रबार राति सार्वजनिक गरेको वेस्ट इण्डिज र अष्ट्रेलियासँगको टी-२० टोलीमा टोलीमा धोनी नअटाएका हुन्।

    भारतलाई सन् २००७ को टी २० विश्वकप जिताउने कप्तान धोनी पछिल्लो समय खराब लयमा छन्। बीसीसीआईले धोनीको स्थानमा युवा विकेटकीपर ब्याट्मेन ऋषभ पन्तलाई विकेट किपिङको जिम्मेवारी दिएको छ।

    यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ।  कोहलीको स्थानमा रोहित शर्मालाई कप्तानीको जिम्मेवारी दिएको छ। रोहितकै कप्तानीमा हालै भारतले एसिया कप उपाधि जितेको थियो।

    ३७ वर्षिय धोनी  सन् २००६ को डिसेम्बरमा दक्षिण अफ्रिकाविरूद्ध टि-२० मा डेब्यू गरेका थिए। भारतका लागि १०४ टि-२० खेलमा ९३ इनिङ्स खेलेका उनले १२७ को स्ट्राइक रेटमा १४८७ रन बनाएका छन्। यसबाहेक उनले ५४ क्याच र ३३ स्टम्पिङ गरेका छन्।

    उनी पूर्ण रूपमा फिट भएपछि पनि टिममा नपर्नु पहिलो पटक हो।

    छनोट समितिका प्रमुख एमएसके प्रसादले टिममा नपर्नुले धोनीको टी-२० करियर समाप्त भएको भन्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

    स्टम्पको पछाडि धोनीबाहेक अरूलाई पनि मौका दिन यस्तो निर्णय लिएको प्रसादले बताए।

    भारतले वेस्ट इण्डिजसँग तीन टी-२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो खेल कोलकातामा नोभेम्बेर ४ मा हुनेछ। दोस्रो खेल लखनउमा (नोभेम्बेर ६) र तेस्रो तथा अन्तिम खेल नोभेम्बेर ११ मा चेन्नाईमा हुनेछ।

    यस्तै अष्ट्रेलियासँगको पहिलो खेल नभेम्बर २१ मा, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल नभेम्बर २५ मा हुनेछ।

    वेस्ट इण्डिज विरुद्धको टोली:

    रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, दिनेश कार्तिक, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त (विकेट किपर), क्रुनाल पाण्ड्या, वासिंगटन सुन्दर, युज्भेन्दर चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव, शाहबाज नदीम।

    अष्ट्रेलिया विरुद्धको टोली:

    विराट कोहली(कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त (विकेट किपर), कुलदिप यादव, युज्भेन्दर चाहाल, वासिंगटन सुन्दर, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij