मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रधानमन्त्रीको स्वास्थ्यबारे के भन्छन् चिकित्सक !

  • प्रकाशित मिति : आइतवार, कार्तिक ११, २०७५



  • काठमाडौं, कार्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न चर्चा भईरहेका छन् । तर प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिलिप शर्माले प्रधानमन्त्री ओलीलाई सामान्य रुघा खोकी र ज्वरोको समस्या देखिएको र स्वास्थ्य अवस्थामा सुधार भईरहेको जानकारी दिए ।

    शनिबार दिउँसो सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित हुन नसकेको खबर फैलिएपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको हो ।

    ११ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य अवस्था यसैपनि संवेदनशील मानिन्छ । त्यसमाथि सत्तारुढ दलले दशैं लगायतका पर्वहरुको सन्दर्भ पारेर आयोजना गरेको चियापानमै उपस्थित हुन नसकेपछि सर्वत्र चासो र चर्चा हुनु स्वाभाविक पनि हो ।

    प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले भने मौसमी रुघाखोकीका कारण प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको भन्दै तीन÷चार दिन आराम गरेपछि ठिक हुने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij