आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बस र टिपर ठोक्किए, तीनजनाको मृत्यु, २८ घाइते, ७ गम्भीर

  • प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०७५



  • कपिलवस्तु, कात्तिक १२ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गोरुसिंगे जंगलमा सोमबार भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।news

    दिउँसो करिब २ बजे पश्चिमबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १४७७ नम्बरको टिपर र बुटवलबाट दाङतर्फ जाँदै गरेको ना६ख २५०० नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

    मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका–६ बस्ने २१ वर्षीया दुर्गा सुनारको ४ वर्षीय छोरा सुशान्त सुनार, सोही स्थानका २५ वर्षीया पूजा नेपाली र परिचय नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुष रहेका छन् ।

    घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेका बस र टिपरसँगै त्यसका चालकहरु प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij