मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

गौचन र तिवारीलाई गोली हान्ने मुख्य ‘सुटर’सहित तीनजना समातिए

  • प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०७५



  • काठमाडौं, कात्तिक १२ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य ‘सुटर’सहित तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    महानगरीय अपराध महाशाखा टेकुले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा नेपाली सेनाका ‘भगौडा’ उदयपुर घर भइ काठमाडौं, बाफलमा बस्दै आएका मुख्य सुटर अम्बरबहादुर राना, झापा घर भइ कपन बस्दै आएका ‘लोप्साङ’ भनिने सोम तामाङ र काठमाडौं नागार्जुनका रोशन बुढाथोकी रहेका छन् ।

    उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरी काठमाडौं ल्याइएको जनाइएको छ ।

    तामाङ रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीलाई गोली हान्ने मुख्य सुटर रहेकोसमेत रहेको प्रहरीले जनाएको छ । बुढाथोकी भने हत्याका ‘योजनाकार’ रहेको प्रहरीको भनाइ छ ।

    महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले गौचन हत्याका मुख्य सुटर रानाले नै ‘गुन्डानाइके’ दावा लामालाई गोली हानेको पनि जानकारी दिए । लामा गोली प्रहारबाट घाइते भएका थिए ।

    अभियुक्तहरु यसअघि पक्राउ परेका गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेत समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।

    गत वर्ष पुसमा काठमाडौंको शान्तिनगरमा गौचनलाई गोली हानी हत्या गरिएको थियो भने तिवारीलाई २०७३ सालमा रुपन्देहीको खैरेनीमा गोली हानी हत्या गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij