आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै सुधार

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार आएको छ ।

    छातीमा संक्रमणलगायतका समस्या भएपछि उपचारका लागि हिजो मनमोहन कार्डियोथोरासिस भास्कुलर सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आज निकै सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

    हिजोको तुलनामा आज बिहानै प्रधानमन्त्री निकै स्वस्थ देखिनुभएको उनका निजी चिकित्सक डा. दिलिप शर्माले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले आज राम्रोसँग कुरा गर्न सक्ने भएका छन् । उनले आज बिहान केही झोलिलो पदार्थसमेत खाएका छन् ।

    अस्पतालले उनको स्वास्थ्यको पछिल्लो रिपोर्ट अहिले १० बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

    दसैंका बेला बढी दौडधूप भएपछि सामान्य रुघाखोकी लागेका प्रधानमन्त्री ओलीलाई गत शुक्रबारदेखि ज्वरो आएको थियो ।

    तर आइतबार रातिदेखि लगातार खोकी लाग्ने र स्वासप्रश्वासमा समस्या हुने भएपछि सोही राति नै अस्पतालमा भर्ना गरिएको थियो ।

    प्रधानमन्त्री ओलीको उपचारमा प्रा. डा. अरुण सायमीको संयोजकत्वमा डा. दिब्या सिंह शाह र डा. सन्तकुमार दास संलग्न छन् ।

    उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने चिकित्सकहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij