मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

१२ वर्षमा एक पटक फूल्छ यो फूल

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५



  • केरल, कार्तिक १३ । ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा व्याख्या गर्ने चलन छ । ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ भन्ने उखान नेपाली समाजमा अझै प्रचलित छ । ‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल ।

    भारतको केरल पर्यटकीय दृष्टिकोणले निकै प्रख्यात छ । केरलको मुन्नारमा समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्र कफी र मसला खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा अहिले पर्यटकको विशेष चहलपहल बढेको छ । कारण हो– १२ वर्षमा एकपटक फूल्ने फूलको प्राकृतिक सुन्दरता ।

    हो, उक्त क्षेत्रमा अहिले ‘नीलकुरिन्जी’ नामक फूलले सिंगो पहाडलाई नै नयाँ रङ प्रदान गरेको छ । यो फूल १२ वर्षमा एक पटकमात्र फूल्ने गर्दछ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ ।

    यसअघि यो फूल सन् २००६ मा फूलेको थियो । १२ वर्ष पुरा भएसँगै यस वर्ष फेरि यो फूलले पहाडी क्षेत्रलाई रंग्याएको छ । यही फूल फूलेको मनोरम दृष्य हेर्नका लागि पर्यटकहरु ओइरो लागेका छन् । सन् २००६ मा यो फूल फूलेको मौसममा करिब ३ लाख पर्यटक सो क्षेत्रमा पुगेको बताइन्छ ।

    यो फूल अगस्ट महिनाबाट फूल्न थाल्छ भने नोभेम्बरबाट यसको सिजन सकिन्छ । अर्कोपटक यो फूल फूल्नका लागि १२ वर्ष प्रतीक्षा गर्नुपर्दछ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij