आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रियाल मड्रिडका प्रशिक्षक लोपेतेगुई बर्खास्त

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५



  • काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले प्रशिक्षक युलेन लोपेतेगुईलाई बर्खास्त गरेको छ ।news

    क्लबको प्रदर्शन लगातार खस्किएपछि ४ महिना अघि मात्रै नियुक्त गरिएका प्रशिक्षक लोपेतेगुईलाई जिम्मेवारीबाट हटाइएको हो ।

    रुसमा विश्वकप फुटबल सुरु हुन १ दिन मात्रै बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेतेगुईले त्यसयता रियाल मड्रिड सम्हालेका थिए ।

    रियाल हाल स्पेनिस ला लिगाको अंक तालिकाको नवौं स्थानमा छ ।

    आइतबार राति भएको बार्सिलोना विरुद्धको खेलमा ५–१ को लज्जाजनक हार बेहोरेपछि रियालका प्रशिक्षक लोपेतेगुईले जागिर गुमाउनुपरेको हो ।

    लोपेतेगुईलाई हटाएपछि क्लबले तत्कालका लागि पूर्व रियाल मड्रिड खेलाडी एवं हाल क्लबकै ‘बी’ टोलीका प्रशिक्षक सान्टिएगो सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij