मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

केन्द्रीय प्रशारण लाइन निर्माणपछि लघु जलविद्युत् आयोजना सफल हुँदै

  • प्रकाशित मिति : बुधबार, कार्तिक १४, २०७५



  • नुवाकोट । केन्द्रीय प्रशारण लाइन निर्माणपछि विस्थापित जस्तै भएका नुवाकोटका ग्रामीण क्षेत्रका लघु जलविद्युत् आयोजना पछिल्लो समयमा केन्द्रीय प्रशारण लाइनमै जोडिएका छन् ।

    योसँगै संकटमा रहेका यस्ता आयोजनाले पुनर्जीवन मात्रै पाएका छैनन्, मनग्य आम्दानीसमेत गर्न थालेका छन् ।news

    नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं ४ सिक्रेमा रहेको स्याउरेभूमे लघु जलविद्युत आयोजना कुनै समय ग्रामीण क्षेत्रको उज्यालोको ठूलो सहारा बनेको थियो तर जब २०७० सालमा केन्द्रीय प्रशारण लाइन गाउँगाउँमा पुग्यो तब यस्ता आयोजना धमाधम बन्द हुन थाले ।

    त्यसपछि २०७१ सालमा कानुन संशाधन गरी न्युनतम २० किलोवाट क्षमताका आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिकरणले खरिद गर्ने भएपछि स–साना विद्युत आयोजनालाई फेरि संचालन हुन प्रोत्साहन मिल्यो ।

    राष्ट्रिय लाइनमा सबैभन्दा पहिले विद्युत जोडिएको स्याउरेभूमे लघुजलविद्युत आयोजनाले अहिले वर्षायाममा मासिक ६० हजारभन्दा मािथ र हिउँदमा २ लाखसम्मको आम्दानी गर्न सफल भएको छ ।

    जसले खोला, खोल्सीमा बग्ने पानीमा गरिएको थोरै लगानीबाट मनग्य आम्दानी समेत गर्न सकिने उदाहरण देखाएको छ ।

    नुवाकोटमा रहेका एक दर्जनभन्दा बढी लघु जलविद्युत् आयोजना भएपनि सबैबाट उल्लेख्य उपलब्धि भने पाउन सकिएको छैन ।

    जसको लागि नीतिगत र कानुनी प्रावधान सहज  बनाउन सके आर्थिक समृद्धि गाँउका खोलाखोल्सीबाटै सम्भव रहेको सरोकारवालाको धारणा छ ।

    नेपालमा ठूला लगानीमा निर्माण गरिने जलविद्युत आयोजनालाई प्रश्रय दिदै आइरहे पनि त्यसका अलावा ससाना लगानीका आयोजनाले पनि आर्थिक विकासका लागि ठूलै महत्व राख्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij