प्रकाशित मिति : बुधबार, कार्तिक १४, २०७५
काठमाडौं । विश्व शहरीकरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
राष्ट्र संघको महासभाले हरेक वर्षको अक्टोबर ३१ का दिन विश्वभर शहरीकरण दिवस मनाउने निर्णय गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।
बढ्दो शहरीकरणका कारण पूर्वाधार र सेवासुविधाको अपर्याप्तता, बढ्दो वायू प्रदुषण, फोहोरमैला विसर्जन जस्ता समस्या अहिले ठूलो चुनौतीका रुपमा रहेको राष्ट्र संघले जनाएको छ ।
शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीब्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij