मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राष्ट्रिय परिचयपत्र छाप्न सुरु, यसरी हुँदैछ छपाइ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १५, २०७५



  • news

    काठमाडौं, कात्तिक १५ । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ ।

    गृहसचिव प्रेम राईले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० ओटा परिचयपत्र छापेका हुन् ।

    पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ सुरुआत गरेको हो ।

    सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण संकलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए ।

    केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको जनाएको छ ।

    अहिले सबैको व्यक्तिगत र जैविक विवरण संकलन नसकिएकाले २१ हजारकोमात्र पहिलो चरणमा र पछि अन्यको छापिने उनले बताए ।

    सबै परिचयपत्र छापेर यही महिनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र वितरणसमेत गरिनेछ ।

    केन्द्रका कम्प्युटर इन्जिनियर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले यन्त्र उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरिएको बताए ।

    उनकाअनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुनेछ । वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबाआमा र बाजेको नाम, जन्ममिति, धर्म, जात, पेसा र शैक्षिक योग्यता रहनेछ भने जैविक विवरणमा फोटो, औंठाछाप र हस्ताक्षर हुनेछ ।

    केन्द्रले अमेरिकामा बनेको अत्याधुनिक यन्त्र ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघन्टा ५०० को दरले परिचयपत्र छाप्ने इन्जिनियर बोहराले जानकारी दिए ।

    उक्त यन्त्र ‘आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी’ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत् करिब रु चार करोडमा उपलब्ध गराएको हो ।

    उनकाअनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट)लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ । उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उनको भनाइ छ ।

    परिचयपत्रमा एउटा कार्ड र यन्त्रले पढ्नसक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ ।

    यन्त्रमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ । त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि यन्त्रबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इन्जिनियर बोहराले जानकारी दिए ।

    विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायलेमात्र पढ्नसक्नेछ । यन्त्रले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्छ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेरमात्र वितरण गर्छ ।

    सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो ।

    सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम सुरु भएको हो । यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij