मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

खानेपानीको चरम अभाव हुने कुम्मायकमा ट्ंयाकर र ट्याक्टरबाट पानी वितरण

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५



  • पाँचथर । खानेपानीको चरम अभाव  हुने पाँचथरको कुम्मायक गाउँपालिकामा ट्ंयाकर र ट्याक्टर खरिद गरी पानी आपूर्ति गर्न थालिएसँगै स्थानीयले राहतको महसुुस गरेका छन् ।news

    खानेपानी आयोजना निर्माणाधीन रहेकाले तत्कालको समस्या टार्न गाउँपालिकाले ट्यांकरबाट पानी वितरणको व्यवस्था गरेको हो ।

    सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउपालिकाका स्थानीयले लामो समययदेखि खानेपानीको अभाव झेल्दै आएका छन् ।

    त्यतिमात्रै होइन वषौँदेखि खानेपानीको समस्या झेल्नुपर्दा कतिपय त अन्यत्र नै बसाइँ सरिसकेका छन् ।

    पानीको लागि भौगोलिक रुपमै असहज रहेको यस ठाउँमा पानीको सहज आपूर्तिका लागि निर्माणाधीन  तमोर लिफ्ट खानेपानी आयोजनाको काम  ७५ प्रतिशत सम्पन्न भएको छ ।

    दुईवर्षमै सक्नुपर्ने काम  विभिन्न विवादका कारण तीन वर्षसम्म लम्बिएको छ ।

    तर अब भने १ वर्षमा सम्पन्न हुने जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय पाँचथरले जनाएको छ ,।

    यसैबीच खानेपानीको अभावलाई  टार्न  गाउँपालिकाले ट्याङकर र ट्याक्टर खरिद गरेर सशुल्क घरघरमा पानी वितरण गर्न थालेपछि स्थानियले राहतको महसुुस गरेका छन् ।

    आयोजनाको काम दुईवर्षमा सकिनुपर्नेमा विभिन्न विवादका कारण तीन वर्षसम्म लम्बिएको छ ।

    बाँकी काम छिट्टै सम्पन्न हुनेमा आफू आशावादी रहेको  र त्यतिञ्जेलका लागि गाउँपालिकाले ट्यांकर र ट्याक्टर खरिद गरी प्रतिलिटर ६६ पैसाका दरले पानी विक्री गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताउँछन् ।

    बहुचर्चित र बहुप्रतिक्षित आयोजनाका रुपमा  तमोर लिफ्ट खानेपानी आयोजनको काम २ वटा प्याकेजमा संचालन भइरहेको छ । जसबाट कुमायक गाउँपालिकाका ३ हजार घरधुरी लाभाान्वित हुनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij