आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सामुदायिक वन उपभोक्ता महासंघ दाङले डिभिजन वन कार्यालयमा आएका कार्यालय प्रमुखलाई स्वागत

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५



  • दाङका दुइ वटा डिभिजन वन कार्यालयमा सरुवा भइ आएका कार्यालय प्रमुखलाई वनका सवालमा गम्भिर भइ अघी बढ्न वन महासंघको ध्यानाकर्षण
    दाङ, कार्तिक १६ । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल दाङले आज शुक्रवार घोराहीमा एक कार्यक्रम गरी भरखरै जिल्लामा सरुवा भइ आउनु भएका दाङमा रहेका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरुलाई स्वागत गर्नुका साथै जिल्लाको सवाल बारेमा ध्यानाकर्षण गराएको छ । वन महासंघले डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटा र डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तालाई स्वागत गरेको हो । Image may contain: 13 people, people smiling, people standing, suit and flower
    वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले दुवै डिभिजन कार्यालयका प्रमुखहरुलाई स्वागत गर्दै उहाँहरुको कार्यकालमा जिल्लाको वन तथा वातावरणको सवालमा उल्लेखनिय भूमिका हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले सामुदायिक वन महासंघले उठाउदै आएका सवाल, जिल्लामा रहेका चुनौति, अव गर्नुपर्ने रणनिति र सहकार्यका बिषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जिल्लामा रहेका सवाल र चुनौति समेटिएको ज्ञापनपत्र दुवै डिभिजनका प्रमुखहरुलाई अध्यक्ष सुवेदीले दिनुभएको थियो ।
    कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटाले सवैको जिल्लामा देखिएका सवाललाई सवैको सहयोगबाट सम्वोधन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तले वन तथा वातावरणका क्षेत्रमा रहेका चुनौतिलाई सवैको सहयोगबाट समाधान गर्न सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
    यसअघी दाङमा जिल्ला वन कार्यालय र त्यसको मातहतमा रहने गरी तीन वटा सेक्टर वन कार्यालय रहने गरेकोमा नयाँ ब्यवस्था अनुसार अव जिल्ला वन कार्यालयको ब्यवस्था छैन भने दाङ उपत्यका हर्ने गरी डिभिजन वन कार्यालय दाङ र देउखुरी हर्ने गरी डिभिजन वन कार्यालय देउखुरीको ब्यवस्था गरिएको छ ।
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ घोराहीका अध्यक्ष कर्णबहादुर बुढाथोकी, तुल्सीपुरका अध्यक्ष चन्द्रबहादुर वली, बबइका अध्यक्ष मोहलाल थापा, लक्ष्मी सिङ ठकुरी, जिल्ला महासंघका सदस्य सिता डाँगी लगायतकाले सामुदायिक वनका क्षेत्रमा आफ्नो स्थानीय महासंघभित्रका सामुदायिक वन क्षेत्रमा देखिएका समस्याबारेमा जानकारी गराउनु भएको थियो । जिल्ला महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला काषाध्यक्ष कमलराज पोख्रेलले स्वागत गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij