प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनदेखिको लामो अस्पताल बसाईपछि शुक्रबार सरकारी निवास बालुवाटार फर्किएका छन्।
स्वास्थ्य अवस्था समान्य भएपछि अस्पतालले नै उनलाई डिस्चार्ज गरेको हो। भाइरल ज्वरो र छातिमा संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
छातिको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीका स्वास्थ्य रिपोर्टको अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएपछि डिस्चार्ज गरिएको हो ।
प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij