आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साफ यु–१५ : भारतसँग नेपालको हार, तेस्रो स्थान पनि गुमायो

  • प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५



  • साफ यु–१५ फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारतबीच भएको खेलमा पनि नेपालले हार व्यहोरेको छ।तस्बिर : निशा भण्डारी

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा नेपाल भारतसँग १-० ले हार व्यहोर्दै तेस्रो स्थान पनि गुमाएको हो।

    भारततर्फबाट १२ नम्बरका खेलाडी थ्लासिउ भान्लालुइफिलाले खेलको १९ मिनेटमा गोल गर्न सफल भए।

    नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो।

    प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरूद्धको जित नै नेपालको एक मात्रै जित रह्यो। माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो।

    पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो।

    उक्त प्रतियोगिताअन्तर्गत आजै अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij