प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५
निर्माण कार्य अन्तिम चरणमा पुगेको कोटेश्वर–कलंकी सडक खण्डमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ।
केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ। दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ।
उनले भने, ‘सम्झौता अनुसारका काम अन्तिम चरणमा पुगिसकेको छ।’
कलंकीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ। आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने गरी निर्माण कार्य अघि बढेको योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए।
नेपाल सरकारले यस खण्डमा सातवटा आकाशे पुल र आठ लेन सडकको दुवैतर्फ एकएक ‘लेन’ को सेवा मार्ग (सर्भिस ट्रयाक) निर्माण गरिरहेको छ।
चिनिँया निर्माण कम्पनी साङ्घाई निर्माण सेवा समूहले यो सडकखण्ड निर्माणको ठेक्का लिएको छ। सडक निर्माणमा समन्वयको काम काठमाडौं चक्रपथ सडक योजनाले गरिरहेको छ।
यो सडकलाई ‘अण्डर पास’ निर्माण र दस लेनको सडकका हिसाबले नेपालमै पहिलो सडक मानिएको छ। झण्डै चार वर्ष पहिले निर्माण कार्य सुरू भएकामा विनाशकारी भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष लम्बिएको थियो।
१० दशमलव ४ किलोमिटर लम्बाइको यो सडकको कलंकी कोटेश्वर सडकको कूल लागत तीन सय १२ मिलियन युआन छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij