प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०७५
कुनै एउटा ठुलो कम्पनीको अगाडी एउटा प्रशिद्ध समासा पसल थियो। लन्च ब्रेक हुना साथ त्यहा समोसा खानेहरुको लामै लाईन लाग्ने गर्थ्यो।
एक दिन समोसा खादै गर्दा कम्पनीका म्यानेजरले समोसावालालाई जिस्काउदै भने, “यार गोपाल, तिमीले आफ्नो समोसा पसल कति राम्रो संग ब्यवस्थापन गरेका छौ। तर तिमीले आफ्नो क्षमता र समयलाई समोसा बेच्नमा बर्वाद गरेका छौ। सोच त यदि तिमी पनि यस कम्पनीमा काम गरेको भए सायद आज तिमी पनि म जस्तै म्यानेजर भएसकेका हुन्थ्यौ। तिमीलाई पश्चाताप लग्दैन ?, किन यसो गरे हुला भनेर ?”
म्यानेजरको कुराले समोसावाला गोपाललाई सोच्न बाध्य बनायो। उनले धेरै बेर सोचे र भने, “सर यो मेरो काम हजुरको काम भन्दा धेरै असल छ, १० वर्ष पहिले जतिबेला म टोकरीमा समोसा ल्याएर बेच्थे त्यति नै बेला हजुर जागिरमा लाग्नु भएको हो। त्यो समयमा म महिनाको रु १ हजार कमाउथे र हजुरको तलब रु २० हजार थियो। बितेको १० वर्षमा हामी दुबैले खुबै मेहनत गर्यौ। हजुर सुपरभाइजरबाट म्यानेजर बन्नु भयो र म टोकरीवाला बाट यो पसलवाला भए। आज तपाई महिनाको ५० हजार कमाउनु हुन्छ र म महिनाको ८० हजार।
तर यहि कारणले मात्र मेरो काम हजुरको भन्दा असल ठहराएको होईन। यो म हाम्रा छोराछोरीको कारणले भन्दै छु।
एक पटक सोच्नुहोस त, मैले धेरै कम लगानीमा यो ब्यवसाय सुरु गरे र थुप्रै संघर्ष पनि गरे तर अब यो ब्यवसाय सम्हाल्न मेरो छोरालाई केही गर्नु पर्दैन।
यो पसल उसैले सम्हाल्छ, मैले जीन्दगी भर गरेको मेहनतको लाभ पनि उसले उठाउछ। तर तपाईले जीन्दगी भर गरेको मेहनतको लाभ तपाईको मालिकको छोराछोरीले उठाउछन।
तपाई आफ्नो छोरालाई सिधै आफ्नै यो पोष्टमा नियुक्त गर्न सक्नु हुन्न। उसलाई पनि तपाई जस्तै जिरोवाट सुरुवात गर्नु पर्छ र आफ्नो कार्यकालको अन्तमा उ त्यहि सम्म पुग्छ जाहा अहिले तपाई पुग्नु भएको छ।
जवकि मेरो छोराले यो ब्यवसाय यहि स्थितीबाट सुरु गर्छ र आफ्नो कार्यकालमा हामी सबै भन्दा माथि पुग्छ।
अव तपाई नै भन्नु होस आफ्नो समय र क्षमताको बर्वादी कसले गर्यो?”
म्यानेजरले समोसावालालाई २ समोसाको रु २० दिए र चुपचाप केही नबोली आफ्नो बाटो लागे।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij