आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलौरीलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढाइँदै

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २३, २०७५



  • कञ्चनपुर, कात्तिक २३ । कञ्चनपुरको बेलौरीलाई स्मार्ट सिटी बनाइने भएको छ । बेलौरी नगरपालिकाले सो कार्यका लागि दश वर्षे गुरुयोजना बनाएको सो कार्यका लागि सडक, कृषि उद्यम, स्वास्थ्य, खानेपानी, बसपार्क, फोहरमैला व्यवस्थापन केन्द्र, पर्यटकीयस्थल, मनोरञ्जनस्थल, खेलकूद रङ्गशाला, व्यायामशाला र बजार विस्तार गर्न पर्ने भएकाले सम्भावित स्थान पहिचान गरिने भएको छ ।

    नगरपालिकाका १० वटै वडामा सम्भाव्यता अध्ययन कार्य अगाडि बढाइएको छ । नगर प्रमुख पोतिलाल चौधरीले भने, ‘दश वर्षे आवधिक गुरुयोजना बनाउनका लागि अनुगमन तथा सुझाव सङ्कलनको काम अगाडि बढेको छ । यसका लागि मन्त्रालयबाट समेत एक टोली यहाँ आएर स्थलगत अध्ययन गर्न थालिसकेका छन् ।’

    सो कार्यका लागि जनसङ्ख्याको अवस्थाबारे प्रतिवेदन, जनताको गरीबीको सुचाङ्क, आर्थिक अवस्थाबारे विवरण सङ्कलनको काम भइरहेको र आगामी योजनामा बजेटसमेत सोही बमोजिम विनियोजन गरिने नगर प्रमुख चौधरीले बताए ।

    तराईका हुलाकी राजर्मागमा पर्ने १० शहरलाई स्मार्ट सिटी बनाउने मन्त्रिपरिषद्को २०७४ असार २८ गतेको निर्णयअनुसार बेलौरीसमेत आधुनिक शहर तथा व्यवस्थित बस्ती (स्मार्ट सिटी)मा परेको थियो । सोही बमोजिम नगरपालिकाले स्मार्ट सिटी निर्माणका लागि काम अगाडि बढाएको हो ।

    स्मार्ट सिटीभित्र खानेपानी, सौर्य ऊर्जा, व्यवस्थित शौचालय, गुणस्तरीय मोबाइल सेवा, व्यवस्थित सडक, विद्यालय, इन्टरनेट सेवा, आधुनिक कृषि, फराकिला फुटपाथसहितका सडक, सुविधासम्पन्न आवास, खुला पार्क, हरित व्यवसाय, उपभोग्य वस्तु सहजरूपमा उपलब्ध गराइने छ ।

    सो योजनासँगै बेलौरी छोटी भन्सार कार्यालयको स्तरोन्नति गरी भन्सार कार्यालय बनाइने स्थानीय समाजसेवी पल्लवराज भट्टले बताए । भारतसँग जोडिएको बेलौरीले सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको छ । जहाँनिया राणाकालदेखि र पछिल्लो डेढ दशक गरी १०३ वर्षसम्म यो क्षेत्र जिल्लाको सदरमुकामका रूपमा थियो ।

    विसं २०१९ मा जिल्ला सदरमुकाम महेन्द्रनगर हालको भीमदत्तनगरमा सरेपछि यो क्षेत्र राजनीतिक र आर्थिक रूपमा पछाडि परेकाले त्यसकोे ५२ वर्षपछि विसं २०७१ वैशाख २५ गते साविक श्रीपुर, लक्ष्मीपुर, रामपुर विलासीपुर गाविसलाई मिलाएर नगरपालिका घोषणा गरिएको थियो । उक्त नगरपालिकाको जनसङ्ख्या झण्डै ६० हजारको हाराहारीमा छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij