मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भाइटीका लगाउन हिँडेकी २५ वर्षीया तारा जैसीको बसबाट खसेर ज्यान गुमाइन्

  • प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५



  • जाजरकोट – भाइटीका लगाउन हिँडेकी एक महिलाको बसको ढोकाबाट खसेर ज्यान गएको छ । भाइटीका लगाउन माइती हिँडेकी रुकुम आठबीसकोटकी २५ वर्षीया तारा जैसीको जाजरकोटस्थित भेरी नगरपालिका–१ रिम्नामा बसको ढोकाबाट खसेर शनिवार विहान ज्यान गएको हो । उनको माइती रुकुमको चौरजहारी नगरपालिका–१२ मा रहेको छ ।

    रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको भेरीगंगा यातायात व्यावसायी समितिको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

    ढोकाबाट खसेकी उनलाई त्यही बसले किचेर मारेको आफन्तले आरोप लगाएका छन् । आफन्तले शवसमेत बुझ्न मानेका छैनन् । मृतकको शव पोष्र्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याइएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij