मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

टेलिकम कम्पनीको सेयर बिक्री गर्दा पूर्व स्वीकृति लिनुपर्ने

  • प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०७५



  • दुरसंचार सेवा संचालन गर्न अनुमति पाएको कुनै पनि कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशत बढी सेयर विक्री गर्नुअघि नियमक निकाय दुरसंचार प्राधिकरणको अनुमति लिनुपर्ने भएको छ।

    दुरसंचार नियमावली २०५४ को सातौ संसोधनबाट प्राधिकरणले कुनै पनि दुरसंचार कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशत बढीको सेयर बिक्री गर्नुअघि प्रधिकरणको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो।

    यसअघि यस्तो सेयर खरिद विक्री हुँदा पूर्व स्वीकृती लिनै पर्ने कानूनी व्यवस्था थिएन।

    यो व्यवस्थासँगै अवदेखि कुनै पनि टेलिकम कम्पनीको सेयर कारोबार हुँदा पूर्व स्वीकृती अवस्यक हुने भएको छ।

    त्यस्तै दूरसञ्चार सेवा सञ्चालन गर्न कुनै एक अनुमतिपत्र प्राप्त व्यक्ति, त्यसको सहायक कम्पनी, सञ्चालक, आधारभूत शेयरधनी वा परिवारको सदस्य वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको कुनै फर्म वा कम्पनीले अर्को अनुमतिपत्र प्राप्त व्यक्तिको पूँजि संरचनामा एक प्रतिशतभन्दा बढी स्वपूँजी (इक्वीटी) वा ऋण दिई लगानी गर्न   पनि प्रतिबन्ध लगाइएको छ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij