प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०७५
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी विदेश भ्रमणमा निस्किएका छन्।
चीनको हुआन सहरमा आगामी २८ देखि ३० गतेसम्म आयोजना हुने ‘चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८’ मा भाग लिन प्रमुख र उपप्रमुख नै सोमबार त्यसतर्फ निस्किएका हुन्।
‘विकासका अवसर र आपसी साझा जीत’ विषयमा केन्द्रित सम्मेलनमा चीनका सहरहरूसँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र संघ संस्थाको प्रतिधिनित्व हुँदैछ।
प्रमुख र उपप्रमुख नै विदेश भ्रमणमा रहँदा कार्यबाहक प्रमुखको जिम्मेवारी वडा नम्बर १ का वडाअध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको छ।
अन्तर्राष्ट्रिय सम्मेलनमा महानगरका प्रमुख/उपप्रमुखले संयुक्त भाग लिएको यो पहिलो कार्यक्रम हो।
बुधबार, बिहिबार र शुक्रबार सम्मेलनमा सहभागी भएर प्रमुखसहितको टोली शनिबार स्वदेश फर्कनेछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij