आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत टी-२० महिला विश्वकपको सेमिफाइनलमा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३०, २०७५



  • वेष्टइन्डिजमा भइरहेको आईसीसी टी–२० महिला क्रिकेटमा अपराजित यात्रा कायम राख्दै भारत सेमिफाइनलमा पुगेको छ।

    बिहीबार राति आएरल्याण्डलाई ३८ रनले हराउँदै भारतले अन्तिम चारमा स्थान पक्का गरेको हो।

    समूह चरणका तीनै खेल जितेका भारत अष्ट्रेलिया एक खेल अगाडिनै सेमिफाइनलमा पुगेका हुन्।

    अब समूहको विजेताका लागि भारत र अष्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा शनिबार प्रतिस्पर्धा गर्नेछन्।

    बुधबार रातिको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

    १४६ रनको लक्ष्य लिएर मैदान आएको आएरल्याण्ड भारतीय बलरसामू खुलेर खेल्न सकेन। पुरै २० ओभरमा उसले ८ विकेट गुमाउँदै ९३ रनमात्रै जोड्न सक्यो।

    उसका लागि इस्बोल जोयसीले ३३ तथा कार्ले सिलङटनले २३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा स्कोर गर्न सकेनन्। भारतका लागि राधा यादवले ३ तथा दिप्ती शर्माले २ विकेट लिएकी थिइन्।

    यसअघि भारतीय टिमका लागि मिताली राज र स्मृति मन्धानाले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै भारतलाई राम्रो सुरूवात दिलाएका थिए।

    मितालीले जारी प्रतियोगितामा लागातार दोस्रो अर्धसतक प्रहार गर्ने क्रममा ५६ बल खेल्दै ५१ रन बनाइन्। उनले १ छक्का र चार चौका प्रहार गरेकी थिइन्। यस्तै स्मृतिले २९ बल खेल्दै १ छक्का र ४ चौकासहित ३३ रन बनाइन्। जेमिमा रोडिग्सले १८ तथा दीप्ती शर्माले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

    पहिलो खेलमै न्यूजिल्याण्डविरूद्ध सतक प्रहार गर्ने कप्तान हरमनप्रीत कौर ७ रनमा आउट भइन्।

    भारतले  प्रतियोगिताको पहिलो खेलमा न्यूज़ील्याण्डलाई ३४ रनले हराउँदा पाकिस्तानलाई सात विकेटले हराएको थियो।

    सन् २००९/१० मा आईसीसी महिला विश्व टी-२० प्रतियोगिताको सेमिफाइनलमा पुगेको भारतीय टोली यो सँगै तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij