मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ट्रकले मोटरसाइकल र अटोलाई किच्यो, दुईजनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर २, २०७५



  • हेटौँडा : हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा केही बेरअघि भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एउटा मालवाह ट्रक पल्टिएर मोटरसाइकल र अटोलाई किचेर यो दुर्घटना भएको हो ।

     

    ट्रकले किच्दा ना १ ह ८९५९ नंबरको अटो र ना ४० प ६२१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा-४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको उनले जानकारी दिए । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिँदा मोटरसाइकल र अटो किचिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij