आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फोहरबाट ग्यास निकालिने

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ४, २०७५



  • news

    तुलसीपुर, मंसिर ४ । घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ ।

    एक वर्षपछि ग्यास उत्पादन गर्नेगरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो ।

    दुई वर्ष लामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो ।

    उपमहानगरका प्रमुख नरुलाल चौधरी, कम्पनीका निर्देशक श्रीराम अधिकारी र केन्द्रका कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    रु २० करोडको लागतमा स्थापना हुने उक्त ग्यास उद्योगका लागि ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने भएको छ ।

    घोराही उपमहानगरपालिका–१६, करौटीडाँडामा रहेको ‘ल्यान्डफिल साइट’मै उक्त ग्यास उद्योग स्थापना गरिने भएको छ ।

    अबलगत्तै निर्माण प्रक्रिया थालिने र १४ महिनापछि ग्यास उत्पादन गरिने उक्त कम्पनीले जनाएको छ ।

    उपमहानगरपालिका क्षेत्रबाट संकलित कुहिने फोहरबाट दैनिक एक हजार ३०० किलो ग्यास र ६ टन जैविक मल उत्पादन गरिने भएको छ ।

    उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर संकलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    उत्पादनपछि कुल उत्पादनको एक प्रतिशत रकम उपमहानगरलाई बुझाउनुपर्ने र थप रकमका लागि पाँच वर्षपछि छलफलका आधारमा निर्धारण गरिने भएको छ ।

    तत्कालीन घोराही नगरपालिकाले करिब तीन वर्षपहिलेदेखि निजी कम्पनीसँगको समन्वयमा उक्त प्रक्रिया अघि बढाएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij