आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बाेलाए

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ४, २०७५



  • हेटौंडा : १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।

     

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।

    प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

    हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

    ‘चेपाङलाई काठमाडौंस्थित प्रसुतिगृहमा लगिएको छ’, उनले भने, ‘सरकारले ती बालिकाको उपचारमा लाग्ने सबै खर्च समेत व्यहोर्ने भएको छ ।’ हेटौंडा अस्पतालले ३३ हप्ताको गर्भवती चेपाङको पाठेघर तल खसेकाले चिकित्सकको निगरानीमा प्रसुति गराउनुपर्ने भएकाले अस्पतालमै राख्नुपर्ने सुझाव दिएको थियो । उपचारमा संलग्न हेटौँडा अस्पतालका डा. निशा राईले बाल अवस्थामा गर्भवती भएकोले अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताइन् ।

    चार कक्षमा अध्ययन गरिरहँदा उनले गत वर्ष भागेर बिवाह गरेकी थिइन् । उनका श्रीमान् रञ्जित चेपाङले छाडे पनि पछिल्लो समय सम्पर्कमा रहेको आमा राममाया बताउँछिन् ।

    गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाडीमा राखेर हेटौंडा ल्याएपछि अत्तालिएकी चेपाङ मंगलबार बिहान आफूलाई केही नभएको भन्दै घर फर्कइदिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै थिइन् ।

    पहिलो पटक हेटौंडा आएकी उनले घरमा बस्दा कुनै समस्या नभएको र सामान्य कामहरु समेत गरिरहेको बताइन् । एक वर्षअघि भागेर बिवाह गरेकी गंगामाया गर्भवती भएपछि आमासँग बस्दै आएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij