मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घरमा आगो लाग्दा जलेर बालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, मंसिर ५, २०७५



  • रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ।

    जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

     

    जिल्ला प्रहरी प्रमुख एवम् डिएसपी दिपक खड्काले मंगलबार बेलुका ६ बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगो लाग्दा घर भित्रै सुतिरहेका बालकको मृत्यु भएको जानकारी दिए।

    आगलागीबाट घर भित्र रहेका अन्तपात, लत्ता कपडा, भाँडा वर्तन सबै जलेर नष्ट भएका छन्। प्रहरी र स्थानीयको क्रियाशिलतामा आगो सात बजेतिर नियन्त्रणमा आएको थियो।

    रोल्पा प्रहरीको सञ्चारशाखामा कार्यरत घनश्याम बुढाथोकीले दिएको जानकारी अनुसार जलेर मृत्यु भएका बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राति नै पुर्‍याइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij