मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जाडो मौसममा किन बढ्छ दम ? यस्ता छन् रोकथामका उपाय

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • डा. सुरजकुमार गुप्ता  

    नेपालमा मौसम परिवर्तन सँगसँगै दमका बिरामीको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । तुलनात्मक रूपमा पनि जाडो मौसममा पछिल्लो समय जाडो मौसममा दमका बिरामीहरू अत्यधिक मात्रामा बढिरहेका छन् । दम पनि धेरै प्रकारको हुन्छ । 

    सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझिन्छ । दमलाई एउटा रोगको रूपमा नबुझी यसलाई एउटा रोगको सङ्क्रमणले गर्दा श्वास प्रश्वासमा कठिनाइ उत्पन्न भइरहेको हुन्छ दमको रोग कुनै पनि उमेरका मानिसलाई हुन सक्छ । यदि दम भएमा श्वास फेर्न गाह्रो हुन्छ । मानिसहरूमा क्रोनिक ब्रोन्काइटिस भन्ने रोग छ, यो रोग प्रायः चुरोट खाने, धुवाँमा बढी काम गर्ने र बाह्य प्रदूषित वातावरणमा काम गर्नेलाई लाग्दछ । जस्तै कुनै पनि मानिसलाई क्षयरोग छ भने पनि यो रोगले फोक्सोलाई धेरै मात्रामा कमजोर बनाएको हुन्छ । जुन बिरामीमा क्षयरोग छ, सोही बिरामीलाई निकट भविष्यमा सास फेर्न गाह्रो हुने र छाती दुख्ने आदि हुन्छ ।

    (१) यस कारण देखापर्छ दम : नेपालमा वातावरण प्रदूषणका कारण दमका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको छ । प्रायजसो नेपालमा क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । यस्तो दम प्रायः चुरोट तान्ने र चुलाको धुवाँमा बस्ने मानिसलाई बढी देखापर्ने गर्छ । यो कारण सँगसँगै क्षयरोग तथा बाल्य अवस्थामा छातीको सङ्क्रमण भएका व्यक्तिलाई भविष्यमा गएर दम हुने सम्भावना अत्यधिक बढी हुन्छ । मानिसको फोक्सोमा विभिन्न रोग लागेका हुन्छन्, त्यस्ता रोगका कारणले सुरुमा खोकी लाग्ने, खकार आउने र भविष्यमा गएर दम हुने गर्छ । यदि कुनै पनि मानिस धुवाँधुलो अत्यधिक हुने काम गर्छ भने उसलाई पनि दम हुने सम्भावना हुन्छ । मुुटुका बिरामीहरूलाई पनि श्वास फेर्न गाह्रो हुने गर्छ । चुरोटको सेवन गर्ने, अत्यधिक धुँवाधुलोमा काम गर्ने र यदि गर्भवती महिलाले चुरोट खाएको खण्डमा भविष्यमा जन्मने बच्चालाई पनि दम हुने सम्भावना अन्यको तुलनामा धेरै हुन्छ ।

    (२)    यस्ता हुन्छन् दमका लक्षण : दमको मुख्य लक्षणका रूपमा श्वास फेर्न गाह्रो महसुस हुनु खोक्दा खकार निस्कने, खोकी लाग्ने हुन्छ । बिरामीलाई तलमाथि, उकाली ओराली गर्दा श्वास बढेर आउँछ । दम भएका बिरामीलाई छातीमा दुख्ने र खोक्दाखेरी खकारमा रगत समेत देखापर्छ । यदि कुनै बिरामीमा क्रोनिक ब्रोन्काइटिस छ भने फोक्सोमा रगत देखापर्छ । मानिसमा क्षयरोग भएमा पनि फोक्सोमा सङ्क्रमण भई मुखबाट रगत आउने गर्छ । खकारमा रगत देखिएमा त्यसलाई तुरुन्त आफ्नो डाक्टर समक्ष परामर्श गर्नु आवश्यक छ । कुनै क्यान्सर तथा सानातिना ट्युमरको कारणले पनि खोक्दा रगत आउने हुन्छ । दमको कारणले कहिलेकाहीँ बिरामीलाई छाती कस्सिए जस्तो अथवा केही कुराले थिचे जस्तो महसुस हुने, लामो सास फाल्न र लिन खोज्दा गाह्रो महसुस हुने गर्छ । तर यो के–कति कारणले भइरहेको छ भन्ने वास्तविकता पत्ता लगाउन शरीरको जाँच गर्नु आवश्यक छ ।

    (३)    दमको उपचार विधि : दमको उपचार गर्नुभन्दा पहिले के–कति कारणले श्वासप्रश्वासमा अवरोध आएको हो, कुन रोगको कारणले हो भन्ने यकिन गर्नुपर्छ र सोहीअनुसार रोगको उपचार गर्नुपर्छ । दम रोग लागेका बिरामीहरूले औषधि खाएपछि बानी पर्छ भन्ने गलत धारणा रहेको छ । दमका औषधिहरू नियमित रूपमा सेवन गरेमा बिरामीलाई सजिलो हुने गर्छ । कुनै पनि बिरामीलाई दम भएको शङ्का लागेमा तुरुन्त डाक्टर समक्ष परामर्श लिनु आवश्यक छ जसले गर्दा दम हो या होइन भन्ने यकिन गर्न सजिलो हुन्छ । यदि कुनै पनि व्यक्तिलाई वंशाणुगत कारणले दम छ भने यो पूर्णरूपमा निको नहुन पनि सक्छ ।

    (४)    यसरी रोकथाम गर्न सकिन्छ दम– चिसोबाट बच्नुपर्छ । जाडो समयमा दमले बढी सताउने भएकाले आपूm बस्ने घर र कोठालाई न्यानो बनाउने र आपूmले लगाउने लुगा पनि न्यानो हुनुपर्छ । दम छाती रोगका कारण नै हुने गर्छ । बाल्यकालमा छातीमा सङ्क्रमण देखियो भने त्यसलाई पूर्ण औषधि उपचार गराउनुपर्छ । दम हुने मानिसले दाउराको चुलो, धुवाँ र धुलोबाट टाढा नै रहनुपर्छ । बाहिरी वातावरणको धुलो नलागोस् भनेर माक्स लगाएर हिँडडुल गर्नुपर्छ । यदि चुरोट तान्ने बानी छ भने पनि त्यसले फोक्सोमा नराम्रो असर पार्छ । त्यसैले चुरोट खानु हुँदैन र खाने मानिसको वरिपरि बस्यो भने त्यसबाट आउने धुँवाले फोक्सोमा सङ्क्रमण गर्न सक्छ । त्यसैले हामीले फोक्सोलाई जहिले पनि स्वस्थ राख्न सकिएको खण्डमा दम रोगबाट बच्न सकिन्छ । यदि कुनै मानिसलाई छातीमा सङ्क्रमण भएमा डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।

    वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ
    नर्भिक अस्पताल, थापाथली

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij