प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५
सरकारले पूर्व पश्चिम राजमार्ग विस्तार गरेर चार लेनको बनाउने घोषणा गरिसकेको छ। पूर्वदेखि पश्चिमसम्मको सडकलाई विस्तार गरी चार लेनको बनाउने काम अघि बढाएको सरकारले त्यसमा लगानी भने बहुपक्षीय दातृ निकायबाट जुटाउने भएको छ।
यसअघि नै नारायणघाट बुटवल खण्डमा एसियाली विकास बैंकको ऋण लिएर काम अघि बढाइसकेको सरकारले सिराहको कमलादेखि सप्तरीको कंचनपुरसम्मको ८७ किलोमिटर खण्डमा पनि एडिबीकै ऋणमा काम अघि बढाउने भएको छ। यो कामका लागि १८ अर्बको ऋण सम्झौतामा हस्ताक्षर भइसकेको छ। यो परियोजना सन् २०२२ मा सम्पन्न हुने बताइएको छ।
त्यस्तै नारायण्घाटदेखि पथलैयासम्मको खण्डमा विश्वबैंकलाई लगानीका लागि सरकारले प्रस्ताव गरिसकेको छ भने अन्य खण्डमा पनि एडिबी र विश्व बैंकसँग कुरा भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
सुरक्षित र स्तरीय सडक निर्माण गरी भरपर्दो यातायात संजाल बनाउने लक्ष्यसहित अघि बढेको यो परियोजनामा राजमार्गमा रहेका पुलको स्तरोन्नती र विस्तारका लागि विश्वब बैंकले लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij