आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मनाङले थ्रीस्टारलाई पन्छायो

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • काठमाडौं, मंसिर ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार थ्रीस्टारमाथि अर्को दावेदार मनाङ–मर्स्याङ्दी क्लब हावी भएको छ ।

    मनाङले बिहीबार तेस्रो चरणको खेलमा थ्रीस्टारलाई २–१ ले पराजित गरेको छ ।news

    खेलको सुरुआतमै अग्रता लिएको मनाङले अन्त्यतिर एक गोल खाएको हो ।  खेलको ११औं मिनेटमा अन्जन विष्ट र १८औं मिनेटमा विदेशी खेलाडी एड्लाजाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

    थ्रीस्टारका रन्जित धिमालले ८४औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अन्तर कम गरे ।

    त्यसपछि पाएको फ्रिकिकलाई भने मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाउ गर्दै थ्रीस्टारलाई बराबरी गोल हुन दिएनन् ।

    यो जितसँगै मनाङ थ्रीस्टारमाथि ३ अंकको अग्रता बनाउँदै लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

    मनाङको ३ खेलबाट ९ अंक भएको छ भने थ्रीस्टार र एक खेल कम खेलेको संकटा क्लबको समान ६/६ अंक छ ।

    लिगमा च्यासल युथ क्लब चौथो स्थानमा पुगेको छ ।

    पहिलो शानदार नतिजा हासिल गर्नेक्रममा बिहीबार न्यूरोड टिम (एनआरटी)माथि ५–१ को फराकिलो जितसहित च्यासलले महत्वपूर्ण ३ अंक बटुलेको हो ।

    च्यासलका लागि बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २/२ गोल गर्दा सन्तोष साहुखलले १ गोल थपे ।

    एनआरटीका लागि अफ्रिकन खेलाडी मोसुद अग्बोलाले एक सान्त्वना गोल फर्काए ।

    जितसँगै च्यासलको ३ खेलबाट ४ अंक भएको छ । हिमालयन शेर्पा, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको पनि समान ४/४ अंक छ ।

    मच्छिन्द्रको २ अंक छ भने नराम्रो हार व्यहोरेको एनआरटी १ अंकसहित दशौं स्थानमा झरेको छ । फ्रेन्ड्स, सरस्वती, जावलाखेल र ब्रिगेड ब्वाइज अंकविहीन छन् ।

    लिगअन्तर्गत् शुक्रबार तीन खेल हुनेछन् । बिहान ११ बजे आर्मी र पुलिस भिड्दा दिउँसो साढे २ बजे मच्छिन्द्र र संकटा तथा ब्रिगेड ब्वाइज र सशस्त्र प्रहरी खेल्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij