आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतलाई हराउँदै इंल्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ७, २०७५



  • भारतलाई पन्छाउँदै इंल्याण्ड आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

    शुक्रबार बिहान वेष्टइन्डिजमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई ८ विकेटले हराउँदै इंल्याण्ड उपाधि नजिक पुगेको हो।

    नर्थ साउथस्थित सर भिबियन रिचार्ड स्टेडियममा भारतले दिएको ११३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंल्याण्डले १७.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

    इंग्ल्याण्डलाई सहज जिताउन एमि जोनेस र नाताली स्किभरले ९२ रनको उत्कृष्ट साझेदारी गर्दै इंल्याण्डलाई सहज जित दिलाए। दुबैले ‍नटआउट रहँदै अर्धसतक प्रहार गरे। जोनेसले ४७ बलमा १ छक्का र ३ चौकासहित ५३ रन बनाउँदा स्किभरले ३८ बलमा ५ चौकासहित ५२ रन बनाइन्।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा अलआउट हुँदै ११२ रन मात्र बनाउन सक्यो। उसका लागि स्मृति मन्धाना र तन्मय भाटियाले राम्रो सुरूवात दिलाएका थिए। दुबै ओपनरले पावरप्लेमा ४३ रन जोडेका थिए।

    ३४ रन बनाएर स्मृति आउट भइन्। त्यस्तै १९ बल खेल्दै ११ रन बनाएर तन्मय आउट भइन्।

    दुई विकेट गुमेपछि केही धरमराएको भारतीय इनिङ्सलाई जेमीमा रोड्रिग्ज र कप्तान हरमनप्रीतले अगाडि बढाए। तर २६ रन बनाउँदै रोड्रिग्ज रन आउट भइन्।

    टिमको स्कोर ८९ हुँदा भारतीय पारी धर्मरायो। ८९ रनमा ३ विकेट गुमाएको भारतले बाँकी १५ रन बनाउँदा ८ विकेट गुमायो। कप्तान हरमनप्रीतले १६ रन मात्र जोड्न सकिन्।

    भारतलाई सस्तैमा रोक्न इंग्ल्याण्डका लागि कप्तान नाइटले ३, एक्लेस्टोन र गोर्डोनले २-२ विकेट लिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij