आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजदेखि काठमाडौंमा पहिलोपटक ह्याकर सम्मेलन, लाइभ ह्याकिङ हुने

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ७, २०७५



  • आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना शुरु हुने भएको छ। राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने उक्त सम्मेलन विश्वमै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालीन सम्मेलन हो ।

    सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआइसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थे्रट निक्सले आयोजना गरेको हो । सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स जस्ता संस्थाका सहकार्य रहेको छ ।

    पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याक जस्ता साइबर सुरक्षाका चुनौती नेपालले भोग्नुपरेको छ । साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेको छ । साइबर हमलाका तरिका झन् आधुनिक र व्यवस्थित बन्दै गइरहेपनि नेपालले सुरक्षाको लागि त्यो किसिमको तयारी गर्न सकेको छैन । यसका लागि साइबर सुरक्षाको विकास र दक्ष व्यावसायिक जनशक्ति आवश्यक पर्छ ।

    साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित थे्रट कोन आयोजना गरिएको हो । सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार गर्न सक्ने विषयमा छलफल हुनेछ ।

    सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ । सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुनेछ । नेपालको साइबर सुरक्षामा क्रियाशिल व्यक्ति तथा संस्थाको विकास नै यो सम्मेलनको मुख्य उद्देश्य हो ।

    सम्मेलनमा विश्व प्रसिद्ध ह्याकर म्याट सुसि प्रमुख वक्ताको रुपमा रहनुहुनेछ । यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित अन्र्तक्रिया र प्रस्तुतिसमेत रहने छ ।

    सम्मेलनको आकर्षणको रुपमा लाइभ ह्याकिङ समेत रहनेछ । अमेरिका, रसिया, रोमानिया, भारत, जर्मनी, दुबईबाट विज्ञहरुको सहभागिता रहने सम्मेलनमा गुगल, क्यास्परस्की, बिटडिफेन्डरजस्ता संस्थाका प्रतिनिधिको सहभागिता र प्रस्तुतिसमेत रहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij