मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिमा भिख माग्दै युवा

  • प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५



  • काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न केही युवाले पशुपति क्षेत्रमा भिख मागेका छन्। सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्।

    संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गरेका छन्। यो रकमबाट नमुना गाडी बनाएर राष्ट्रपतिलाई उपहार दिने योजना रहेको ढकालले बताए। यस विषयमा इन्जिनियर युवाहरुसँग छलफल भइरहेको उनको भनाइ छ।

    सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवा शनिबार भिख माग्न पशुपति क्षेत्रमा पुगेका हुन्। भिख माग्ने कार्यक्रममा करिब दुई सय युवा सहभागी भएको ढकालको भनाइ छ।

    युवाहरुले राष्ट्रपतिको गाडी खरिदको विरोध मात्र नभएर सरकारका सबै गतिविधिको सांकेतिक विरोधका लागि भिख मागेको बताएका छन्। ‘यो हाम्रो कार्यक्रम राष्ट्रपतिको गाडी खरिदको विरोध मात्र होइन’, ढकालले भने, ‘गणतन्त्रमा शासक नै सुविधाभोगी भएपछि गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ। यसलाई कम गर्न दबाबका लागि यो कार्यक्रम गरेका हौँ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij