आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपिलवस्तुमा हत्यापछि स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

  • प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५



  • कपिलवस्तु, मंसिर ८ । कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

    हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै शनिबार भएको प्रदर्शन उग्र बनेको हो ।

    प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट एकजना घाइते भएका छन् ।

    आक्रोशित समूहले घटनामा संलग्न भएको आरोप लगाउँदै स्थानीय अजित पाण्डेको ट्याक्टर र कम्बाइन मसिनमा आगजनी गरेका छन् ।

    गत निर्वाचनमा गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार रहेका चौधरीमाथि शुक्रबार राति शुद्धोधन गाउँपालिका–४, मोतीभारीस्थित घरनजिकैको सडकमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

    गोली लागेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा पुर्‍याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।

    प्रारम्भिक रिपोर्टअनुसार चौधरीमाथि ६ राउन्ड गोली प्रहार भएको छ । टाउकामामात्रै ५ गोली प्रहार भएको देखिएको छ ।

    चौधरीको शव अहिले मेडिकल कलेज भैरहवाबाट कपिलवस्तु ल्याइएको छ ।

    घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मृतकका आफन्तले भने स्थानीय ‘अजित’ भनेर चिनिने बन्टी पाण्डेले विवादपछि दीपेन्द्रमाथि गोली प्रहार गरेको आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij