मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जनकपुरका ३ वटा पानी उद्योगमा शील

  • प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५



  • जनकपुर– जनकपुरमा मापदण्ड विपरित सञ्चालित ३ वटा पानी उद्योगमा सोमवार शील गरेको छ ।  अनुगमनको क्रममा जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित जयप्रकाश चौधरीले सञ्चालन गरेको अम्वर धारा, जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ स्थित प्रभुनन्दन साहले संचालन गरेको महामाया धारा प्रा.लि. र जनकपुर उपमहानगरपालिका  वडा नम्बर ४ स्थित अजित कुमार रायले संचालन गरेको ग्लोवल एकता पानी उद्योगमा उत्पादन बन्द  गरी शिल गरिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योगकाका कर्मचारी जितेन्द्र प्रसाद सिंहले जानकारी दिए ।

    यस अघि आइतवार जनकपुरको जिरो माइलस्थित मोहम्मद कमालले संचालन गरेको स्टायलिस्ट एकवा प्रालि र जनकपुरकै महुवा कपलेश्वरमा धर्मनाथ मंडलले सञ्चालन गरेको गंगाजल पानी उद्योगमा शील गरिएको थियो ।

    शील गरिएको पानी उद्योगहरुले मापदण्ड विपरित संचालन हुनुका साथै पानीलाई जाँच गराएर लिनुपर्ने अनुज्ञापन नविकरण नगराएको अनुगमन टोलीले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका खाद्य निरीक्षक प्रविणकुमार तिवारी, घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद सिंहका जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij