प्रकाशित मिति : मङ्लबार, मंसिर ११, २०७५
मधु पौडेल,नेपालगंज,२०७५-०८-११
नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहिया स्थित महेन्द्र माबिमा सामाजिक सद्भाव केन्द्र ब्यवस्थापनका लागि ज्ञान उपयोगी पुस्तक तथा आवश्यक सामाग्री प्रदान गरिएको छ ।
बासका केन्द्रीय अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाहले संयुक्त रुपमा सो सामाग्री सामाजिक सद्भाव केन्द्र ब्यवस्थापन गरिरहनु भएका महेन्द्र माबिका प्रधानाध्यापक पेचकार सिंहलाई हस्तान्तरण गरेका थिए ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको सामाग्री हस्तान्तर कार्यक्रममा बोल्दै प्रधानाध्यापक सिहले प्राप्त सामाग्रीले सामाजिक सद्भाव केन्द्रलाई सहयोग पुगेको बताए उनले सो केन्द्र त्यस क्षेत्रका लागि उपयोगी भएको बताएका थिए । बासद्धारा सञ्चालीत सामाजिक सद्भाव तथा सामुदायिक सुदृढीकरण परियोजनाको सहयोगमा स्थापना गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij