मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज बिजोर नम्बरका सवारी चल्ने, अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीलाई नियम नलाग्ने

  • प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०७५



  • शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ४ दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ।

    तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागू गरेको हो।

    गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले आजदेखि १६ गते आइतबारसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

    ठूलो संख्यामा विशिष्ट विदेशी पाहुना आउने भएकाले समिट क्रममा सवारी जाम नहोस् भनेर जोर बिजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ बिहिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन्।

    अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागु गरेको हो।

    समिटमा सहभागी हुन फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडो बुधबार काठमाडौं आइपुगिन्।  उनी १६ गते फर्कनेछिन्।

    म्यानमारकी विदेश मन्त्री आङ सान सुकी आज नेपाल आउँदैछन्। उनले राष्ट्रपति, प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ।

    आजै नै कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउनेछन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने कार्यक्रम छ।

    यी दुबै जनाको भ्रमणका सरकारले सद्भावना भ्रमण भनेको छ। उनीहरू दुबै जना शुक्रबार स्वदेश फर्किनेछन्।

    समिटमा सहभागी हुन ओसिनिया तीन देशका राष्ट्रपति पनि काठमाडौं आउँदैछन्।

    रिपब्लिक अफ नाउरू, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवा राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन्।

    यीबाहेक १० देशका पूर्वप्रधानमन्त्री र राष्ट्रपति पनि सम्मेलनमा सहभागी हुनेछन्।

    यसअघि गत भदौमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा तीन दिन जोर बिजोर प्रणाली लागु गरिएको थियो।

    यसैबीच युथ कांग्रेस नेपालले यातायातका साधनमा लगाएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आह्वान गरेको छ। युथ कांग्रेसले मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटलाई लक्षित गरेर बिहीबारदेखि घोषणा गरिएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आग्रह गरेको हो ।

    युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यले जनतालाई दुःख दिने काम गरेकोले गम्भीर आपत्ति रहेको भन्दै सरकारी निर्णयको अवज्ञा गर्ने बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij