मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

त्रिभुवन विमानस्थलको क्षमता विस्तार आयोजना समस्याग्रस्त

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५



  • एसियाली विकास बैंकको लगानीमा लगानीमा संचालित परियोजनामध्ये सबैभन्दा कमजोर प्रस्तुती देखाइरहेकोमा पर्छ एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार परियोजना। नेपाली रुपैयाँ आठ अर्ब बढी लागतको यो परियोजनामा सरकारले काम गर्न नसक्दा बैंकले चरम असन्तुष्टि व्यक्त गरिरहेको छ।

    गएको साता काठमाडौंमा सम्पन्न त्रिपक्षीय समिक्षा वैठकमा एडिबीका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार परियोजनामा भइरहेको ढिलाईप्रति गम्भिर चासो व्यक्त गरेका थिए। एडिबीका अधिकारीहरुले चासो व्यक्त गरेको यो पहिलोपटक भने होइन। यसअघि असारमा भएको यस्तै समिक्षा वैठकमा पनि यस्तै चासो व्यक्त गरिएको थियो। त्यतिबेला नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले जे जवाफ दिएका थिए यो पालि पनि त्यही दिए।

    अर्थात् ‘हामी अन्तिम चरणमा छौं।’

    पहिले टेन्डर सम्झौता रद्ध गरेर नयाँ प्रक्रिायमा जानुपर्दा केही समय ढिला भएको र अहिले केही परियोजनाका लागि टेन्डर भएर काम भइरहे पनि मुख्य कामको टेन्डरको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख बाबुराम पोखरेलले जानकारी दिए।

    विमानस्थलको उत्तर तिरको भागमा माटो भरेर अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ वे बनाउने लगायतका कामको ठेक्का हुन सकेको छैन। गएको असारमै ३ लाख अमेरिकी डलर खर्च गरिसक्ने लक्ष्य लिइएको उक्त आयोजनामा यो मंसिरसम्म खर्च हुन सकेको छैन।

    बैंकका ऋण तथा अनुदानमा संचालित तथा स्वीकृत आयोजना कार्यन्वयनमा ढिलाई भएको भन्दै डेपुटी डाइरेक्टर दिवेशशरणले कार्यन्वयनलाई तदारुकता दिन आग्रह गरेका थिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारगरी १० करोड अमेरिकी डलर लगातमा २०१२ मा आयोजना सुरु भएको थियो। स्पेनिस कम्पनी सान्जोसेले सन् २०१६ मा आयोजना सम्पन्न गर्नेगरी जिम्मा लिएपनि काम गर्न नसकेको भन्दै रद्ध भएको थियो। यद्यपी रद्ध भएको दुई वर्षसम्म पनि आयोजनाको टेन्डर हुन सकेको छैन।

    ८ करोड अमेरिकी डलर ऋण र २ करोड एडिबीको अनुदानमा अघि बढेको आयोजनाको लागत बढ्ने अनुमान गरिएको छ।

    अघिल्ला वर्षको माघमा ठेक्का परिचालन गरिसक्ने र चैतमा धावनमार्गको ठेक्का गरिसक्ने आयोजनाकै अधिकारीको प्रतिबद्धता पुरा नभएको बैंकले जनाएको छ।

    क्षमता विस्तारको मुख्य काम पार्किङ वे र ट्याक्सी वे बनाउने कामको लागि टेन्डर नै भएको छैन।

    स्पेनिस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँगको ठेक्का रद्द भएको ३ वर्ष भए पनि उक्त कामको लागि अहिलेसम्म टेन्डर भएको छैन। काम गर्न नसकेको भन्दै सान्जोसेसँग नागरिक उड्डयन प्राधिकरणले ठेक्का रद्द गरेको थियो।

    २०७३ मंसिरमा सान्जोसेसँग ठेक्का रद्द भएपछि विभिन्न प्याकेजमा स्वदेशी कम्पनी पनि सहभागी हुनेगरी टेन्डर गर्ने प्राधिकरणले योजना बनाएको थियो।

    सोही योजनाअनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता विस्तार, र टर्मिनल भवनभित्रको युटिलिटीको काम गर्न स्वदेशी कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन्। त्यस्तै दक्षिणतिर ३ सय मिटर धावन मार्ग विस्तारको काम पनि टेन्डर भएको छ।

    चिनियाँ कम्पनीले जिम्मा पाएको उक्त धावनमार्ग विस्तारको अझैसम्म सुरु भएको छैन।

    धावन मार्गसँगै समानन्तर ट्याक्सी वे बनाउने, १९ वटा पार्किङ वे बनाउने, टर्मिनल भवनको क्षमता विस्तार गर्ने उक्त आयोजनाको उद्देश्य रहेको छ।

    जहाज होल्ड हुने मुख्य कारण मध्येको एक पार्किङ वे अभाव हो, त्यस्तै धावनमार्ग बराबरको समानन्तर ट्याक्सी वे नहुँदा उडान तथा अवतरणले समय बढी लिने गरेको प्राविधिकहरूले भनाइ छ।

    यस्ता पूर्वाधार निर्माण भएपछि हालको भन्दा २० देखि ३० प्रतिशत ट्राफिक क्षमता बढ्ने अधिकारीहरूको अनुमान छ। तर पनि यो कामको लागि टेन्डर हुन सकेको छैन।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा व्यवस्थापन गरेपछि अहिले साँघुरिएको क्षमता कम्तिमा ५ देखि ७ वर्षसम्म लम्बिने एशियाली विकास बैंकको प्रक्षेपण रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij