प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५
मधु पौडेल बाँके
क्यू एफ एक्स नेपालगन्जमा छक्का पन्जा ३ चलचित्र प्रदर्शनको ५१ औ दिन पुगेको अवसरमा केक काटेर खुसीयाली मनाईएको छ । उक्त हलमा घटस्थापनाको दिनबाट प्रदर्शन शुरु गरि बिहिबार ५१ दिन पुगेको क्यू एफ एक्स नेपालगन्ज ब्यवस्थापन समितिले जानकारी दिएको छ ।
सो अवसरमा क्यू एफ एक्स नेपालगन्जका प्रबन्धक निरजमान शाक्य सहितको टीमले केक काटेर खुसीयाली मनाएका थिए । यसअघि बागेश्वरी चलचित्र हल हुने समयमा श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित नेपाली चलचित्र ’दुःख सुख“ करिब ६० दिनसम्म प्रदर्शन भएको थियो ।
त्यस यता यो नै सर्बाधिक दिन प्रदर्शन गरिएको चलचित्र भएको प्रबन्धक शाक्यले दावी गरे । उनले पछिल्लो समयमा दर्शकहरुले नेपाली चलचित्रलाई माया गर्दै गएको बताएका छन । पहिलेको तुलनामा हाल नेपाली चलचित्रको कथाबस्तु र प्रस्तुती उत्कृष्ठ हुदैं गएकोले चलचित्र हेर्नेको संख्यामा बृद्धि भईरहेको समेत उनले जीकिर गरे ।
प्रबन्धक शाक्यले ५१ औ दिन सम्ममा २९ हजार दर्शकहरुले छक्का पन्जा ३ चलचित्र हेरेको जानकारी दिएका छन । कार्यक्रममा नेपालगन्जका बरिष्ठ पत्रकार पुर्णलाल चुके, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष गणेश बिक, आर जे समीरमान श्रेष्ठ, रामचन्द्र पौडेल लगायत नेपालगन्जबाट प्रकाशन प्रशारण हुने मिडियाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij