आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल आइडलबाट रुँदै-रूवाउँदै बाहिरिए पवन गिरी

  • प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५



  • काठमाडौं : शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। à¤¨à¥‡à¤ªà¤¾à¤² आइडलबाट रुँदै-रूवाउँदै बाहिरिए पवन गिरी

    औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए।
    उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठकलाई संगीतको यो महासंग्राम जित्ने हतारो छ।

    नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन्। उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे। साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे।

    उनी नेपाल आइडल सिजन १ मा पनि सहभागी थिए। पहिलो सिजनमा छनोट नभएपछि केही समय उनी निकै निराश भएका थिए। घर नजिकै चर्च थियो। उनको दिक्दारी हटाउन एकदिन एउटा साथीले उनलाई चर्चमा लगे। त्यहाँ संगीतका सबै साधन थियो, हरेक दिन संगीतको कार्यक्रम हुन्थ्यो। उनी हरेक दिन त्यहाँ संगीतको तिर्खा मेट्न थाले। गीत गुनगुनाउन थाले। केही समयमा नै उनमा अब्बल गीत गाउन सक्ने क्षमता विकास भयो। यही कारण नेपाल आइडल सिजन—२ मा उनी सुरुदेखि नै राम्रो गाउने गायकको रूपमा दरिएका थिए।

    कार्यक्रम फाइनल राउन्डको नजिक पुग्दा नेपाल आइडलको चर्चा चुलिँदै गएको छ। विश्वमै सबैभन्दा बढी हेरिने कार्यक्रमको दोस्रो नम्बर पर्न सफल भएको छ, नेपाल आइडल। ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु भएको हो।

    यो हप्ता सुमित पाठक र अमित बराल बटम थ्रीमा परे ।  रवि ओडले यो हप्ता सबैभन्दा बढी भोट पाए ।

    राष्ट्रप्रेमले भरियो नेपाल आइडल 
    बिहीबार ‘म मरे पनि मलाई मेरो देशको माया छ’ यस्तै शब्द गुनगुनाउँदै मञ्चमा देखा परे सुमित पाठक। राष्ट्रभावनाले भरिएका गीतको प्रस्तुतिमा बिहीबारको नेपाल आइडल विशेष रह्यो। राष्ट्र र राष्ट्रियताले ओतप्रोत भएको गीतहरूले स्थान पायो।

    मलाई मेरो देश औधी प्यारो छ
    मेरो जन्मभूमि यो सजाउने हतारो छ

    हातमा नेपालको झन्डा, अनेकौं जातजातिका फरकफरक पहिरन लगाएर मञ्चमा देखा परे उत्कृष्ट छ प्रतिस्पर्धी गायक। उनीहरूले राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ बोलको गीत समूहमा गाए। कार्यक्रमको सुरुआतमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, कुलमान घिसिङ, डा.सन्दुक रुइतले नेपाल आइडलमा भिडियो क्लिप पठाउँदै देशका लागि केही गर्न अनुरोध गरेका थिए।

    कार्यक्रमका उद्घोषक, निर्णायक, अतिथि सीताराम कट्टेल र कुञ्जना घिमिरेले समेत नेपाली राष्ट्रियता झल्कने पहिरन लगाएका थिए। प्रस्तुतिको बीचबीचमा राष्ट्रप्रति उच्च आदरका पंक्ति तथा पृष्ठभूमिमा राष्ट्रिय धुन र राष्ट्रप्रेमका दृश्यहरू देखाइएको थियो।

    हरेकलाई देशभक्त बन्न अनुरोध गर्दै विक्रम बरालले गुनगुनाए, ‘मलाई मेरो देश राम्रो लाग्छ।’
    ‘सय थरी बाजा एउटै ताल’ यो अजर अमर गीतलाई आफ्नो सुरिलो स्वरमा समेटेकी थिइन् अस्मिता अधिकारीले। उनको दमदार प्रस्तुतिमा दर्शक र जजहरूसमेत उठेर हौस्याए। ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ अर्थात् आफू मरेर बरु केही हुँदैन तर देश बाँचिरहनुपर्छ। यस्तै भावको गीत गायका थिए पवन गिरीले।

    उता ‘वीरताको चिनो, वीरको सन्तान, सहिदको रगत लाहुरेको निशानी’ बोलको गीत गाउँदै सबैलाई मन्त्रमुग्ध बनाए रवि ओडले। दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाएर मञ्चमा देखा परे अर्का प्रतिस्पर्धी अमित बराल। ‘हैन भने नेपाली नभन’ बोलको गीतमा आफ्नो स्वरको जादु चलाए। यसरी नेपाली हुन पवित्र आत्मा चाहिन्छ भन्ने आशयको गीतले हरेकलाई बेग्लै ऊर्जा दिएको थियो।

    यस्तै गोपाल रसाइलीको गितारको सुमधुर धुनसँगै शुक्रबारको नेपाल आइडलले दैलो उघार्‍यो। ‘मुसुक्क हाँस्ने तिम्रो बानी’ बोलको गीत गाउँदै कार्यक्रमको सुरुआत गरे अमित बराल र सुमित पाठकले। ‘जति निर्मल जति चोखो’ बोलको गीतमा अस्मिता अधिकारी र रवि ओडले सुमधुर आवाज दिए।

    विक्रम बराल र पवन गिरीले ‘साँझको बेला’ बोलको गीतमा रक प्रस्तुति दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij