मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सशस्त्रको जीप स्टेरिङ्ग फेल भएर पुलमा ठोक्कियो, ६ जना घाईते

  • प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५



  • सर्लाही । सशस्त्र प्रहरीको जीप पूलमा ठोक्किँदा ६ जना सशस्त्र प्रहरी घाईते भएका छन् ।

    गैर चोक स्थित चेक प्वाइन्टको डिउटी टोलीलाई साटफेर गर्न शुक्रबार साँझ साँढे ६ बजे सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर हिंडेको जीप दुर्घटना हुँदा त्यसमा सवार ६ जना सशस्त्र प्रहरी घाईते भएका हुन् ।

    बेसक्याम्पबाट निस्कने वितिकै नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत ढंग्रा खोलाको पुलमा जीप ठोक्किएको सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले जानकारी दिए । दुर्घटनाग्रस्त ना. १ झ ६९३ नम्बरको टाटाको पिकअप जीपको अगाडीको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

    दुर्घटनामा ४ जना सुरक्षाकर्मी गम्भिर घाईते भएका छन् भने २ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

    सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार गम्भिर घाईते जीपका चालक सशस्त्र प्रहरी जवान उपेन्द्र गुरुङ्ग, वरिष्ठ हबल्दार रामपुकार राय यादव, सशस्त्र प्रहरी जवान पूर्णबहादुर पौडेल, जवान रविन्द्र चौधरीलाई उपचारका लागि वीरगंजतर्फ पठाईएको छ ।

    सामान्य घाईते २ जनाको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

    अत्यन्त पूरानो जीप भएकाले स्टेरिङ्ग फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij