आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हात्ती नियन्त्रणको प्रयास असफल

  • प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५



  • news

    चितवन, मंसिर १५ । माडी क्षेत्रमा हिंस्रक बनेको जंगलीहात्ती नियन्त्रणका लागि शुक्रबार राति गरिएको प्रयास असफल भएको छ ।

    निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९, कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि ‘डार्ट’ गरेका थिए ।

    चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेकाअनुसार राति ११ः३५ बजे स्थानीय एक घरमा मकै खाँदै गर्दा हात्तीलाई डार्ट गरिएकामा त्यसको असर नपरेको हो ।

    उनकाअनुसार हात्ती विस्तारै हिँड्ने गरी ‘जाइलाजीर’ नामक औषधि राखेर डार्ट राखिएको थियो । तर, त्यसले काम नगरेको र हात्ती भागेर निकुञ्ज पसेको उनले बताए ।

    सो क्षेत्रमा खोलानाला र अप्ठ्यारो ठाउँ भएकाले ढल्नेगरी नभएर विस्तारै हिँड्नसक्ने बनाउने गरी डार्टको तयारी गरिएको थियो ।

    सोका लागि प्राविधिकसहित ३५ जनाको टोली शुक्रबार साँझ माडी क्षेत्रमा परिचालन भएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार हात्तीलाई विस्तारै हिँड्ने बनाएर सम्म ठाउँमा पुनः बेहोसका लागि डार्ट गर्ने र बेहोस भएपछि दाह्रा काटेर, रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ ।

    रेडियोकलर जडानसँगै हात्तीको अनुगमन गर्ने र त्यति गर्दा पनि हिंस्रक भइरहेमा मार्ने योजना रहेको छ ।

    सो हात्तीले बुधबार स्थानीय दुई महिलालाई आक्रमण गरी मारेको थियो । यसअघि, हात्तीले गएको दसैंतिर पनि एक बालकलाई आक्रमण गरी ज्यान लिएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij