आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टाटा टिगोर नयाँ स्वरूपमा, यस्तो छ मूल्य र विशेषता

  • प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५



  • टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नयाँ टाटा टिगोर’ सार्वजनिक गरेको छ।

    २७ लाख ५५ हजार न्यूनतम मूल्य निर्धारण गरिएको उक्त सेडान टाटाले टिगोरको सफलतामा १ वर्षमा निकालेको हो।

    ग्राहकको प्रतिक्रिया र गाडीको सानातिना समस्या समेत हटाएर यो सेडान बजारमा ल्याइएको सिप्रदीका डेपुटी म्यानेजर नवराज निरौलाले जानकारी दिए।

    पुरानो टिगोरले आफ्नो सेग्मेन्टमा मार्केट लिड गरेको र यसको ‘फेसलिफ्ट’ले पनि त्यो इतिहास कायम राख्ने कम्पनीको दाबी छ।

     

    यसको लुक्स ‘ल्याण्ड रोभर’को जस्तो छ। गाडीमा रहेको  प्रोजेक्टर हेडल्याम्पले भिजिविलिटी राम्रो बनाएको छ भने हेडल्याम्प वरीपरीको क्रोमसेटले अझ आकर्षक बनाएको छ।

    यसको सिग्नेचर लाइनिङहरूमा राखिएको क्रोमसेटले यसलाई प्रिमियम लुक्स दिएको कम्पनीको दाबी छ।

    यसमा टाटाको लोगो केही मोडिफाइड छ भने फगलाइट विथ क्रोम सेट, अलोय ह्विल, चाबीबाटै बुट खोल्न मिल्ने सुविधाले पहिलेको टिगोर भन्दा उच्चस्तरीय बनाएको छ।

    यसमा हार्मन कार्डनको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ। पहिले ५ इन्चको टच स्क्रिन थियो भने अहिले त्यसलाई बढाएर ७ इन्च बनाइएको छ। यसमा भ्वाइस कमाण्ड, मल्टी ड्राइभ मोड, ४ वटा स्पिकर र ४ वटा ट्विटर, इलेक्ट्रोनिक फोल्डिङ मिरर लगायतका फिचर्स समावेस गरिएको छ।

    नयाँ टाटा टिगोरमा रहेको लेदर सिट कभर र फाइन फिनिसिङले प्रिमियम फिल दिने कम्पनीको दावी छ।

    सेफ्टीको लागि यसमा एयर ब्याग, एविएस विथ इबिडी, कर्नर स्ट्याबिलिटी कन्ट्रोल (सिएससी) छ। सिएससीले उच्च गतिमा ‘सार्प टर्निङ’मा घुमाउँदा पनि चिप्लने–पल्टिने सम्भावना हटाउने कम्पनीले जनाएको छ।

    यो गाडी कुनै पनि डुब्लिकेट चावीले खोल्न र स्टार्ट गर्न सकिँदैन। यसले भारतको क्र्यास टेस्टमा ३.५ स्ट्याण्डर्ड ल्याएका कारण पनि टाटाले टिगोरको सुरक्षामा ध्यान दिएको बुझ्न सकिन्छ।

    १.२ लिटर सीसी रेभोर्टोन पेट्रोल इन्जिनको यस गाडीले ६ हजार आरपिएममा ८५ हर्स पावर शक्ति र ३ हजार ५ सय आरपिएममा १ सय १४ एनएम टर्क दिन्छ।

    ६ वटा रङहरूमा उपलब्ध  नयाँ टिगोर एक्सइओ, एक्सएमओ, एक्सजेडओ, र एक्सजेड प्लस गरी ४ वटा मोडलमा उपलब्ध छ।

    कम्पनीले यसमा ४ वर्ष वा ७५ हजार किलोमिटर वारेन्टी  दिएको छ। यत्तिको वारेन्टी कुनै पनि प्रतिस्पर्धी गाडीले नदिएको निरौलाले दाबी गरे।

    नयाँ टिगोर वर्षमा १ पटक मात्र सर्भिसिङ गर्नुपर्ने हुँदा खर्च पनि कम लाग्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार नयाँ टिगोर डिसेम्बर २ देखि  देशभरका २१ वटा आउटलेटबाट विक्री/वितरण गरिएको छ।

    मारुती डिजायर, हुण्डाई एक्सेन्ट, फोर्डको एस्पायर लगायतका गाडीसँग नयाँ टिगोरको प्रतिस्पर्धा हुने कम्पनीको आंकलन छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij