प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५
मधु पौडेल, नेपालगंज । होटल व्यवसायी संघ बाके नेपालगंजले आज मंगलबार रक्तदान कार्यक्रम गरेको छ । हरेक वर्ष रक्तदान गर्दै आएको संघले यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान भनेको जिवन दान जस्तो भएको हुदाँ आफुहरुको संस्थाले रक्तदानको कार्यक्रम गर्ने गरेको संघका अध्यक्ष निम बहादुर थापाले जानकारी गराए । सो रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । 
रक्तदान गर्नेहरुमा घनश्याम थापा,तेज बहादुर बुढाथोकी,रतन थापा,कर्ण बहादुर शाही,दयाराम पाण्डे,सुरज क्षेत्री,कमला नेपाली,पौडेल,पुर्ण कुमार रास्कोटी,भक्त बहादुर थापा,विनोद,पुष्पा गिरी, टेक नारायण सापकोटा,कुमार बस्याल,रुपेश चौधरी, ,रोहित परियार, गिता कुमारी महतरा,नारायण दलीत,भुम चुनाय,पे्रम नारायण शर्मा,पुष्पा बस्याल,राजन शर्मा,राज कुमार थापा,विजालु यादव रहको संघले जनाकारी गराएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij