आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रग्बी विश्वकपको ट्रफी नेपाल ल्याइँदै, सगरमाथा आधारशिविरसम्म पुर्‍याइने

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५



  • news

    काठमाडौं, मंसिर १८ । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ ।

    विश्व रग्बी ट्रफी टुरअन्तर्गत् विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए ।

    नेपाल रग्बी संघको पहलमा नेपाल ल्याइन लागेको ट्रफी यही मंसिर २३ गतेसम्म नेपालमा राखिनेछ ।

    नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधारशिविरसम्म पुर्‍याइने कार्यक्रम रहेको उनले जानकारी दिए ।

    ‘विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्वसम्पदा सूचीमा समावेश सगरमाथाको आधारशिविर तथा स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार स्क्वायरलगायत स्थानमा घुमाइनेछ’–उनले भने ।

    ट्रफी मंसिर २० गते सगरमाथाको आधारशिविरमा लगिनेछ । मंसिर २१ गते विश्वसम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ ।

    त्यस्तै, मंसिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ ।

    फेस्टिभलमा नेपाली कलाकारको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।

    नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक आउन लागेको हो ।

    नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो ।

    रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ ।

    एसियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij