आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यानचेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित

  • प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५



  • news

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार लय जारी छ ।

    गएराति भएको खेलमा वाट्फोर्डलाई हराउँदै सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलमाथि ५ अंकको अग्रता बनाएको छ ।

    वाट्फोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन लेराए साने र रियाद माहारेजले १–१ गोल गरे ।

    घरेलु टोली वाट्फोर्डका डोकोरेले एक गोल फर्काए । जितसँगै म्यान सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ ।

    एक खेल कम खेलेको लिभरपुल ३६ अंकसहित दोस्रो स्थानमा छ । लिभरपूलले आजराति बर्न्लेसँग खेल्नेछ ।

    प्रिमियर लिग फुटबलमा गएराति बर्नमाउथ, वेष्ट ह्याम युनाईटेड र ब्राईटन पनि विजयी भए ।

    आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथले हडर्सफिल्ड टाउनलाई २–१ ले हराउँदा ब्राईटनले क्रिष्टल प्यालेसमाथि तथा वेष्ट ह्याम युनाईटेडले कार्डिफ सिटीमाथि समान ३–१ को जित निकाले ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij