मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

वाइडबडी खरिद प्रकरण : समिति गठन भएको १२ दिनमै संयोजक परिवर्तन !

  • प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५



  • काठमाडौं : संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणको छानबिनका लागि उपसमिति गठन गरेको १२ दिनमै संयोजक परिवर्तन गरेको छ। à¤µà¤¾à¤‡à¤¡à¤¬à¤¡à¥€ खरिद प्रकरण : समिति गठन भएको १२ दिनमै संयोजक परिवर्तन !

    कांग्रेस सांसद प्रकाशमान सिंहको संयोजकत्वमा समिति गठन गरेको १२ दिनपछि समितिले बुधबार सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा नयाँ उपसमिति गठन गरेको हो।

    मंसिर ७ गते बसेको समिति बैठकले सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। तर सिंहले वाइडबडी खरिद प्रकरणको छानबिन समितिमा बस्न नसक्ने बताएपछि बुधबारको बैठकले सांसद  भट्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो।

    समिति सदस्यमा सांसद दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलकुमारी यादव, सुदन किराती रहेका छन्। यसअघि गठन भएको समिति सदस्यमा रहेकी संघीय समाजवादी फोरमकी सांसाद गुरुङ नयाँ समितिमा समेटिएकी छन् भने नेकपा सांसद नारदमुनी राना समेटिएका छैनन्।

    सिंहले पार्टीको काममा व्यस्त रहनु परेको भन्दै छानबिन समितिमा बस्न अस्वीकार गरेपछि समितिले नयाँ संयोजक बनाउने निर्णय गरेको बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij