प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५
मधु पौडेल,नेपालगंज ,२०७५÷०८÷१९
बाँकेको नेपालगन्जमा प्रहरीले सडक सचेतनामुलक कार्यक्रम गरेको छ । नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले बुधबार नेपालगन्जमा सडक सचेतनामुलक कार्यक्रम गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक कार्यालय बाँकेको सयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तरर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीले पुष्पलाल चोक देखि विपी चोकसम्म ¥याली निकालेर मानिसहरुलाई सडक सुरक्षाको बारेमा सचेतना जगाएका थिए ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले सडक, फुटपाथ अतिक्रमण, नो हर्न अभियान, लगायतका बारेमा मानिसहरुलाई जानकारी गराइएको बताए ।
मंसिर १ गतेबाट नेपालगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीले सवारी चालकलाई हर्न नबजाउन आग्रह समेत गरेका थिए । यो अभियान जारी राखिने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij