मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाके कोहलपुरमा पुराना विद्युत पोल हटाई नयाँ विद्युतिकरणको सुरुवात

  • प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५



  • मधु पौडेल,नेपालगंज ,२०७५÷०८÷१९

    बाँकेको कोहलपुर नगर विकास समितिले आफ्नो क्षेत्र अन्तर्गतका पुराना विद्यूतका पोल, तारलाई हटाएर नयाँ विद्यूतिकरण सुरुवात गरेको छ ।

    आधुनिक शहर विद्यूतिकरणको मापदण्ड अनुसार समितिले कोहलपुर–११ स्थित आफ्नो क्षेत्र भित्रका जनतालाई सहजताका लागि आधुनिक विद्युतिकरणको शिलन्यास गरेको हो । बुधबार आधुनिक विद्युतिकरणको संघिय सांसद महेश्वर गहतराज अथकले शिलन्यास गरे ।

    शिलान्यास कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले नगर भित्र विद्युतको ठुलो समस्या जनताले भोगिरहेको र अबदेखि जनताले पाईरहेको विद्युतिय समस्याबाट छुट्कारा पाउने बताए ।

    नेपाल विद्युत प्राविधरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगतनाथ लामिछानेले नगरको टाउन भित्रका जनताले १८ सय मिटर लामो कालो तार तानेर विद्यूत जडान गर्नुपर्ने समस्यालाई समाधान गर्नका लागि कोहलपुर नगरविकाससँगको लामो छलफलबाट व्यवस्थित रुपमा विद्युतिकरण गर्न लागिएको जानकारी दिए ।

    नगरविकास समितिको कुल २ करोड २५ लाख लागतमा कोहलपुर टाउन भित्र ४ सय ५० वटा पोल रहने र ती मध्ये ३ सय वटा पोल ११ मिटर लम्बाईका हुनेछन् र ८ वटा ठाउँमा विद्यूत ट्रान्सफर जडान गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij