मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुई मेडिकल र किराना पसलमा आगलागी

  • प्रकाशित मिति : बिहिबार, मंसिर २०, २०७५



  • नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको वीपी चोकस्थित दुई औषधि पसल र एक किराना पसलमा आगलागी भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको छेवैमा रहेका सफा मेडिकल र माया फार्मेसीका साथै धीरज जनरल स्टोरमा बुधबार राति ११ बजेतिर आगालागी भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख इन्सपेक्टर नारायण डाँगीले जानकारी दिए।

    डाँगीले भने, ‘बन्द सटरमा आगालागी भएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्छ।’ आगलागी भएलगत्तै सुरक्षाकर्मी, दमकल र स्थानीयले आगो निभाए पनि औषधि जलेर नष्ट भएको थियो।

    किराना पसलमा भने धेरै क्षति हुन पाएन। क्षतिको एकीन विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय बाँकेले क्षतिबारे मुचुल्का तयार गरिरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij