प्रकाशित मिति : बिहिबार, मंसिर २०, २०७५
मधु पौडेल बाँके, २०७५-८-२०
लैङिग हिंसा विरुद्धको १६ दिने अभियानमा बाकेका करिव २०० वढि विद्यार्थीहरुलाई लैङिगक हिंसाको विरुद्धमा अभिमुकरण दिइएको छ । नेपालगंज उपमहानगर पालिका भित्र पर्ने दुई विद्यालयमा उक्त विषयमा अभिमुकरण कार्यक्रम दिइएको थियो ।
हाम्रो अवाज चेलिबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुल मान्यतामा रही लैङिक हिंसा र दुव्र्यवहार ,छैन हामीलाई स्वीकार भन्ने नारालाई लिएर उक्त अभिमुकरण कार्यक्रमको आयोजना गरीएको हो ।
माइती नेपाल नेपालगंज र मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति को आयोजना तथा माइती युवा संजालको समन्यवनमा नेपालगंज उपमहानगर पालिका भित्र पर्ने युद्ध सस्कृत मावि र सरस्वती मावीका कक्षा ९ र १० का विद्यार्थिहरुलाई लैङिग हिंसा विरुद्धको अभियान सगै मानव वेचविखन विरुद्धको अभियानमा कसरी लाग्ने भन्ने विषयमा अभिमुकरण गरीएको माइती युवा संजालका पे्रस सल्लाकार मधु पौडेलले बताए ।
पे्रस सल्लाकार पौडेलका अनुसार माइती नेपालको अभियानमा युवाहरुको सहभागितका लागि पनि यस्तो प्रकारको अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने गरेको बताए ।अभिमुकरण कार्यक्रममा माइती युवा संजालका संयोजक मेघ बहादुर खत्री तथा प्रेस सल्लाकार पौडेलले सहजीकरण गरेका थिए ।
सहभागि विद्यार्थीहरुलाई मानव वेच विखनका कारण ,प्रयोजन ,तौर तरीका तथा स्थानका बारेमा स्पष्ट पारीएको थियो ।
आज पनि नेपालमा चलीबेटी बेचविखनका संख्यामा कमी नआएको हुदाँ यस्ता प्रकारका कार्यक्रम गर्दै आएको माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले हामीलाई बताए ।संयोजक कोइरालाले भने ,“१६ दिने अभियानलाई विषेश प्रथामिकता दिदै नेपालगंज बाहिरका विद्यालयहरुमा हामीहरुले यस प्रकारका अभिमुकरण कार्यक्रम गर्दै जानेछौ ।”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij