मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जनकपुरमा विवाहपञ्चमी महोत्सवको भब्य तयारी, यस्ता छन् कार्यक्रमहरु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५



  • news

    जनकपुर । रामजानकी विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन जनकपुरधाममा तयारी तीव्र पारिएको छ ।

    जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले विवाहपञ्चमीलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने भन्दै तयारी तीव्र पारिएको जानकारी दिएका छन् ।

    महोत्सव मंसिर २१ गतेदेखि २७ गतेसम्म हुने बताइएको छ ।

    मंसिर २१ गते जनकपुर नगर दर्शन, २२ गते फूलवारी लिला, २३ गते धनुष यज्ञ, २४ गते तिलकोत्सव, २५ गते मटकोर, २६ गते स्वयम्बर र विवाह तथा २७ गते रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

    विवाहपञ्चमीका लागि जानकी मन्दिरलाई झकिझकाउ बनाइँदै छ ।

    विवाहमा जन्तीका रुपमा सहभागी हुन साधुहरु यसपटक हात्ती, घोडा, उँट लिएर आउने सहायक महन्थ दासले बताए ।

    विवाहपञ्चमी महोत्सवमा २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    राम जानकी विवाहोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर पाँच सयको संख्या साधुसन्तहरुसहित जनकपुुर आउने बताइएको छ ।

    मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चनापछि रंगभूमि मैदानमा आयोजना हुने स्वयंवर कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij